२ बर्ष अगाडि   २०८१ मंसिर ८ गते शनिबार   हेरिएका: ५३७  


दोलखामा विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित

img

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् । 

नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समिति र कम्युनिस्टहरुको एकता ध्रुवीकरण समितिको पुनर्मिलन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा सेक्रेटरीसहित एक दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् । 

पुनर्मिलन कार्यक्रम मार्फत माओवादीमा समाहित हुनेहरूमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् । 

माओवादी केन्द्रमा समाहित भएका नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का, नेताहरू शंकर लामा, नरबहादुर पाख्रिन, कुलबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठ लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता अर्जुन योगीले माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताए । 

माओवादी शक्तिहरूबिच एकताको आवश्यकता औँल्याउँदै उनले पालिका र गाउँस्तरमा समेत पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने बताए । पुनर्मिलन कार्यक्रम मार्फत माओवादी केन्द्रमा समाहित भएका नेताहरू यसअघि पनि माओवादी पार्टीमा सक्रिय थिए । पार्टी विभाजन पछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेका उनीहरू वर्षौँ पछि माओवादी केन्द्रमा समाहित भएका हुन् ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति