२ बर्ष अगाडि   २०८१ कार्तिक २५ गते आइतबार   हेरिएका: ५४२  


कुर्सी बचाउन सरकार एसपीपी सम्झौता गर्नेतिर जाने स्थिति छ : प्रचण्ड

img

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाएका छन् । माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली सरकारमाथि गम्भीर आरोप लगाएका हुन् । 

‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भने । 

अमेरिकाले सैन्य सम्पर्क स्थापना गर्नका लागि एसपीपी विभिन्न देशसँग सम्झौता गरेको छ । अमेरिकाको सुरक्षा नीतिसँग जोडिएको विषय भएकाले एसपीपी सम्झौता गर्न नहुने पक्षमा नेपालका विभिन्न राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज लगायत नागरिक स्तरबाट नै एसपीपी सम्झौताको व्यापक विरोध भइरहेको छ । 

यसअघि २०७८ मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज परियोजना (एमसीसी) अनुमोदन भएकोमा व्यापक विरोध भएको थियो ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति