२ बर्ष अगाडि   २०८१ कार्तिक २४ गते शनिबार   हेरिएका: ५२६  


ओली सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन परेको छैन : प्रचण्ड

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई आफूले नियुक्त गरेको उल्लेख गरेका हुन् ।

उनले भने–‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठुलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ । धेरै कुरा भनिराख्न आवश्यक नै छैन । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लाग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पुर्‍याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उल्लेख गरे ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका देशलाई रणनीतिक ढङ्गले एकताबद्ध गर्नुपर्छ भनेर मध्यपहाडी पुष्पलाल लोकमार्ग आफूले प्रस्ताव गरेको र त्यो अहिले पूर्ण हुने अवस्थामा रहेको बताए । त्यसले पहाडमा पूर्वदेखि पश्चिमलाई जोड्न लागेको उल्लेख गर्दै उत्तर दक्षिण जोड्ने मार्गहरू निर्माणको काममा पनि सफल भएको उल्लेख गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति