२ बर्ष अगाडि   २०८१ कार्तिक १४ गते बुधबार   हेरिएका: ५४६  


कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गरौँ : प्रचण्ड

img

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधवार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका कामको समीक्षा गर्न आग्रह गरेका हुन् । 

‘कम्युनिस्ट पार्टीभित्र गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन । द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ’, प्रचण्डले भने, ‘मेरो सम्पूर्णमा अपिल छ । कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गरौँ । यस्तै हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिन्छ ।’

उनले कम्युनिस्ट आन्दोलनको वीरताको गाथा गाएर मात्र समाजवादमा पुग्न नसकिने भन्दै त्यसका लागि वैचारिक स्पष्टता चाहिने जिकिर गरे । अहिले पनि धेरै जनमत कम्युनिस्ट पार्टीमै रहेकाले इमानदारिताका साथ अगाडि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या बोलाइ र गराएमा फरक भएको उनले स्पष्ट पारे । 

उनले कर्माचार्यको जन्म शताब्दीको अवसरमा समाजवादी क्रान्तिको आधार तय गर्न वर्षैभरि विचारको बहस चलाउने बताए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति