२ बर्ष अगाडि   २०८१ कार्तिक १० गते शनिबार   हेरिएका: ५२८  


सरकार ढाल्न खबरदारी सभा गरेको होइन, सरकार आफैँ कुहिएर ढल्छ : प्रचण्ड

img

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताएका छन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने टिप्पणी गरे ।

उनले माओवादीले खबरदारी सभा गर्ने बित्तिकै सत्तापक्ष आतङ्कित भएको बताउँदै अझै भ्रष्टाचारीलाई संरक्षण नगर्न चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे ।

उनले कांग्रेस र एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको र मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताए । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति