२ बर्ष अगाडि   २०८१ कार्तिक १० गते शनिबार   हेरिएका: ५४५  


खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरे : हितमान शाक्य

img

काठमाडौँ । माओवादी केन्द्रका सचिव हितमान शाक्यले माओवादी केन्द्रले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै शाक्यले सरकार थुरथुर काम्दै आफ्नो अवसान देखेको आरोप लगाए ।

डराएको सरकारले सडकबाट सरकार परिवर्तन हुनसक्ने विज्ञप्ति निकालेको बताउँदै माओवादीको सरकार बदल्ने अभियान नभएको बताए । केवल सरकारलाई खबरदारी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा समयमा पाठ्यपुस्तक पुर्‍याउने, सरकारी कार्यालयमा लाइन बस्न नपर्ने व्यवस्था जता काम गरेको, भ्रष्टाचारको विरुद्धमा सम्पूर्ण फाइल खोल्ने अभियान चलाएपछि सरकार ढालिएको बताए ।

उनले भने– ‘भ्रष्टाचार विरुद्धको अभियान अघि बढाएपछि त्यसको सुई अहिले सरकारमा बसेका मान्छेहरूतिर नै सोझियो । उनीहरु बिरुद्ध सुई सोझिएपछि मुटुमा ढ्याङ्ग्रो ठोक्यो त्यसपछि सरकार परिवर्तन खेल सुरु भयो ।’

प्रचण्डले राम्रो काम थालेको, भ्रष्टाचारीलाई पक्राउ गर्न जारी राखेपछि सरकार परिवर्तन भएको बताउँदै उनले बिचौलिया र लुटेरा वर्गले अहिलेको सरकार बनाइदिएको टिप्पणी गरेका छन् ।

जहाँ जहाँ राम्रो काम भइरहेको छ, त्यहाँ त्यहाँ ओली सरकारले आक्रमण थालेको शाक्यको भनाई थियो । विद्युत् प्राधिकरण लगायतका राम्रा काम गरेका संस्था विरुद्धमा सरकार लागेको उनले उल्लेख गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति