२ बर्ष अगाडि   २०८१ आश्विन १६ गते बुधबार   हेरिएका: ५८०  


सरकारले ध्यान नदिँदा बाढी पहिरोबाट धेरै जनधनको क्षति भयो : प्रचण्ड

img

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन् । बुधवार जिल्ला समन्वय समिति काभ्रेपलान्चोकस्थित धुलिखेलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उनले सरकारमाथि आरोप लगाएका हुन् ।

‘अत्यधिकता वर्षापछि बाढी पहिरोले क्षति पुर्‍याउने क्षेत्रको पूर्वसूचना पहिले नै आएको थियो । मैले पनि पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराएको थिएँ । तर सरकारले ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । अब राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ’, उनले भने ।

अत्यधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे । साथै पीडितहरूको उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको प्रशंसा गरे ।

०७२ सालको महाभूकम्पमा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर राष्ट्रिय विपत्तिको सामना गरेको उनले स्मरण गरे । अहिले पनि सबै मिलेर राष्ट्रिय सङ्कटको सामना गरेर जानुपर्नेमा जोड दिए । बेपत्ता खोजी कार्य पनि अझै बाँकी रहेको र खोज उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने प्रचण्डले बताए ।

दसैँ तिहार आएकाले सबैभन्दा पहिला सडक सञ्चालन गर्न सरकारसँग माग गरे । कार्यक्रममा सहभागीहरूले काभ्रेमा मुख्य समस्या बाटो, बिजुली, खानेपानी र खाद्यान्न आपूर्ति रहेको प्रचण्डलाई सहभागी गराएका थिए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति