बागमतीको परामर्श बैठक सम्पन्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार र बिहीबार बागमतीको परामर्श बैठक सम्पन्न भएको हो।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियोे । सोही निर्णय अनुसार बागमती प्रदेशको बैठक सम्पन्न भएको छ।
परामर्श समितिको बैठकमा ८२ जान सदस्यहरुले सुझाव राखेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैठकबाट आएका सल्लाह सुझावले केन्द्रीय समितिको बैठकमा दस्तावेज लेख्न खुराकको रूपमा आएको बताए ।
पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा हल भएको छ पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् । सबै प्रदेशका परामर्श बैठक सकिए पछि अब बस्ने केन्द्रीय समितिको बैठकमा सबै सुझावहरु समेटेर अध्यक्ष प्रचण्डले दस्तावेजका रुपमा प्रस्तुत गर्ने भएका छन् ।
टिप्पणीहरू