२ बर्ष अगाडि   २०८१ भाद्र ५ गते बुधबार   हेरिएका: ६८८  


माओवादी केन्द्र बागमती प्रदेशको परामर्श बैठक जारी

img

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारबाट सुरु भएको बागमतीको बैठक बिहीबार सम्म चल्ने छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि बैठकको तयार स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउनमा बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको थियो ।

माओवादीका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ । जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति