२ बर्ष अगाडि   २०८१ श्रावण २७ गते आइतबार   हेरिएका: ६२७  


माओवादी स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए ।

साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच ध्रुवीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने बताएका थिए । प्रचण्डको प्रस्तावमाथि नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोकिनुपर्ने धारणा राखेका थिए । उनले पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए ।

शनिबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए । त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति