२ बर्ष अगाडि   २०८१ श्रावण २३ गते बुधबार   हेरिएका: ६१७  


मेरो जोस २२–२५ वर्षको भन्दा कम छैन, पार्टी फुट्दैन : प्रचण्ड

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवनको उत्तरार्धमा भएपनि जोस र जाँगर २२,२५ वर्षको भन्दा कम नरहेको बताएका छन् ।

बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादीबाट फुटेका पार्टीहरू पनि जुट्ने अवस्था आएको भन्दै अव माओवादीमा रहेका गुटहरू सशक्त कार्यक्रममार्फत अन्त्य गरिने बताए ।

उनले क्रान्ति र माओवादी केन्द्रप्रति नेपाली जनताको आशा नमरेको भन्दै पार्टीलाई आगामी २०८४ को निर्वाचनमा असाधारण पुनर्जागरण गर्न सकिने बताए ।

‘हुन त म जीवनको उत्तरार्धतिर छु । ७० भन्दामाथि जानु भनेको उत्तरार्ध नै हो । तर मेरो जोस २२,२५ वर्षको भन्दा कम छैन’, प्रचण्डले भने, ‘म अझैपनि हिँड्न र दौडन सक्छु भन्ने विश्वास छ ।’

अध्यक्ष प्रचण्डले क्रान्तिप्रति माओवादीको भरोसा नमरेको पनि बताए ।

‘हामीले एकचोटी मेहनत गर्‍यौ भने २०६४ मा भोट हाल्ने जनता पनि जोडिन्छन् । ८४ मा जाँदा हामी साँच्चै असाधारण ढंगले रिभाइभ हुने, फेरि पुनर्जागरण हुने सम्भावना छ’, प्रचण्डको भनाइ छ ।

उनले पार्टीमा रहेको गुटका कारण पार्टी फुट्ने चिन्ता रहेपनि अव त्यो चिन्ता लिन नपर्ने बताए ।

‘तपाईँहरूलाई चिन्ता छ । पार्टीमा गुटै गुट । पार्टी फेरि फुट्ने पो होकी भन्ने । पार्टी अव फुटतिर होइन । हिजो फुटेकाहरू पनि जुट्नेतिर आएका छन्’, प्रचण्डले भने, ‘छिटै तपाईँहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धरै गर्छौ भन्ने सपना बोकेका साथीहरू पनि अव एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभाछ ।’ उनले फुटेकाहरू पनि जुट्ने परिस्थिति बनेको भन्दै पुनः आफू त्यस्तो पार्टीको नेतृत्व गर्न तयार रहेको बताए । उनले पार्टी फुट्न नदिने भन्दै गुटहरूलाई सशक्त कार्यक्रममार्फत अन्त्य गरिने दाबी गर्दै पार्टी फुट्छ भन्नेकुरा दिमागबाटै हटाउन आग्रह गरे ।

फरक प्रशंगमा प्रचण्डले आफूले सरकार छोड्दै गर्दा देशमा एउटा भाष्य बनेको भन्दै भ्रष्टाचारविरुद्ध नेपालको इतिहासमै नभएका फायलहरु खोलिएको बताए । उनले भ्रष्टाचारीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएपनि भ्रष्टाचारीहरू डराएर माओवादीलाई सरकारबाहिर पारेको बताए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति