२ बर्ष अगाडि   २०८१ श्रावण २३ गते बुधबार   हेरिएका: ५५२  


नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना छ : जनार्दन शर्मा

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं टीआरसी कार्यदल सदस्य जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना रहेको बताएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बुधवार शीर्ष नेतालाई बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै उनले नेपालबाट अन्य द्वन्द्वग्रस्त मुलुकले पनि सिक्न सक्ने विश्वास व्यक्त गरे ।

‘यो सहमति ऐतिहासिक महत्त्व छ । समृद्धि र विकासको मुद्दा अगाडि बढाउन शान्ति आवश्यक थियो । यही विश्वासका साथ हामी निष्कर्षमा पुगेका छौँ । सहमतिमा पीडित केन्द्रित बनाएका छौँ । मेलमिलापको बाटो पनि हामीले ध्यान दिएका छौँ । नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना छ’, उनले भने ।

कार्यदलमा द्वन्द्वको क्रममा भएको समस्याहरू समाधान गर्न कार्यदलले पीडितलाई केन्द्रमा राखेर सरकार, दलका नेताहरू र समितिका सभापति लगायतका सहयोगमा सहमति भएको शर्माले बताए । ‘मिल्न सक्ने जति कुरा मिलाएर यसको गम्भीरता र महत्वलाई हामीले हेर्यौं । यी चार विषय नटुङ्गिँदा शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय जगतको जुन धारणा थियो, त्यसलाई बदल्ने प्रयास गरेका छौँ । त्यसैले यो ऐतिहासिक महत्त्व छ । समृद्धि र विकासको मुद्दा अगाडि बढाउन शान्ति आवश्यक थियो । यही विश्वासका साथ हामी निष्कर्षमा पुगेका छौँ’, उनले भने ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन कार्यदलले प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी ओली, पूर्वप्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति