२ बर्ष अगाडि
२०८१ श्रावण १५ गते मंगलबार
हेरिएका: ५९२
साउन २५ गते स्थायी समिति बैठक बोलाउने माओवादीको निर्णय
काठमाडौँ । माओवादी केन्द्रले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै बैठकले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे वृहत् छलफल भएको उनले जानकारी दिए ।
टिप्पणीहरू