२ बर्ष अगाडि   २०८१ जेठ ८ गते मंगलबार   हेरिएका: ६७७  


बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग

img

 बागमती प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सन्तुलन कायम गर्न माग गरेका छन् । सोमबार बसेका २ वटा प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले चालु आर्थिक वर्षको बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै सन्तुलित र व्यवहारिक बजेट ल्याउन माग गरेका हुन् ।


प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले नागरिकहरूको जीवन स्तर लक्षित कार्यक्रम ल्याउन सुझाव दिए । छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षका १८ जना सांसदहरूले बजेटलाई व्यवहारिक बनाउन सुझाव दिएका हुन् ।


प्रदेश सरकारले जनताको आयस्तर उकास्ने र उत्पादन तथा उत्पादक वृद्धिमा जोड दिएर आफ्ना नीति तथा कार्यक्रम निर्देशित गर्नुपर्ने उनीहरुले बताएका थिए । सांसदहरूले विकास बजेटमा पदीय हैसियत देखिने गरी विनियोजन गर्न नहुने भन्दै विधि र प्रक्रिया अनुसार आवश्यकताको आधारमा कार्यक्रम निर्धारण गर्नुपर्ने बताए । भौतिक विकाससँगै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा सरकारको जोड हुनुपर्ने उनीहरूको भनाई छ ।


कृषि क्षेत्र र पर्यटन विकासमा सरकारले व्यवहारिक योजनासहित कार्यान्वयनमा अघि बढ्न उनीहरुले आग्रह गरेका छन् । व्यवहारिक र सिप युक्त शिक्षा, सर्वसुलभ स्वास्थ्य, नागरिकमैत्री प्रशासन र गुणस्तरिय सेवा प्रवाहमा सरकारले ध्यान दिन जरुरी रहेको उनीहरुले बताए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति