२ बर्ष अगाडि   २०८० पौष २२ गते आइतबार   हेरिएका: ६८८  


माओवादी केन्द्र वागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा जारी

img

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त समिक्षा बैठक तथा अभियान समापन कार्यक्रम आज काठमाडौंमा भएको छ । पुष २२ र २३ गते हुने भनिएको बैठक आज २२ गते जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षात्मक रिपोर्ट भएको छ । वैठकमा अभियानका जिल्ला स्तरिय कोर्डिनेटर, जिल्लाका अध्यक्ष/संयोजक र अनुगमनमा खटिएका सदस्यहरुबाट रिपोर्ट राख्ने काम भएको छ । 

समग्र बागमती प्रदेशको जिल्लाहरुमा भएका कामको डाटागत रिपोर्ट अभियानको सचिवालयको तर्फबाट बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पेश गरेका छन । वैठक केन्द्रिय उप—महासचिव गिरीराजमणी पोख्रेलको अध्यक्षतामा बसेको छ । बैठकमा केन्द्रिय उपमाहासचिव वर्षमान पुन र केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा, केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य, केन्द्रीय सल्लाहाकार र आयोग सदस्यहरुको आतिथ्यता रहेको थियो । वैठकमा बागमती प्रदेश सदस्यहरु, उपत्यका विशेष प्रदेश समितिका सदस्यहरु, सम्पर्क समन्वय प्रदेशका सदस्यहरुको उपस्थिति थियो ।
साथै नेकपा माओवादी केन्द्र बागमती प्रदेशका पालिका अध्यक्षहरुलाई आमन्त्रित सदस्यको रुपमा निमन्त्रणा गरिएको थियो । बैठक भोली पुष २३ गते सम्पर्क प्रदेश, उपत्यका विशेष प्रदेशका अध्यक्षहरुको रिपोर्ट पछि फ्लोर ओपन गरेर बैठकमा उपस्थित सदस्यहरुबाट रिपोर्ट लिने र अन्तमा सम्माननीय प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सम्बोधनका साथ समापन हुनेछ । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति