२ बर्ष अगाडि   २०८० पौष १० गते मंगलबार   हेरिएका: ६०८  


अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री प्रचण्ड

img

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको पहिलो एक वर्षमा विकास, सेवा र सुशासनको क्षेत्रमा धेरै रेकर्डहरू बनेको बताउँदै आगामी वर्षमा थप रेकर्डहरू बन्ने दाबी गरेका छन् । माओ जयन्तीको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अब परिणाम निकाल्ने ढङ्गले अघि बढेको बताएका हुन् ।

उनले भने, ‘आजको सम्बोधनमा म एक वर्षमा भएका काम, गर्न नसकेका काम र गर्नुपर्ने कामको विषयमा जनतालाई जानकारी दिनेछु । मैले एक वर्षको परम्परा तोडेर जाने भनेको छु र मैले त्यसो गरेको छु भन्ने मेरो दाबी छ ।’

उनले पुसको सुरुवातदेखि नै आफू १० बजे नै सिंहदरबार पुगेर मन्त्रालयले कति काम गरे र किन काम भएन भन्नेबारे जानकारी लिइरहेको सुनाए । ‘अरूलाई उपदेश दिनुभन्दा प्रधानमन्त्रीले नै आफ्नै कार्यशैलीमा परिवर्तन गरेको देखुन् भनेर मैले आफ्नो कार्यशैलीलाई परिवर्तन गरेर परिणाममुखी बनाउन लागेको छु,’ प्रधानमन्त्रीले भने, ‘कर्मचारीतन्त्रैलाई एकीकृत ढङ्गले अघि बढाएर परिणाम दिने तरिकाले तयारी सुरु गरिसकेको छु । आज जनतालाई कामको लक्ष्य पनि भन्छु ।’ उनले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अन्तर्गत नै समाजवादको आधार तयार गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा माओ त्से तुङलाई सम्झँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेता माओले चिनियाँ क्रान्तिलाई अघि बढाउने क्रममा र जनवादी क्रान्ति सम्पन्न गर्ने क्रममा केही मौलिक विचारहरू विकास गर्दै लगेको स्मरण गरे । ‘चिनियाँ क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा मार्क्सवादका तीन वटै आधारभूत अंग – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा उहाँले सार्वभौम योगदान गर्नुभयो । जसलाई हामीले माओवाद भनेर संश्लेषित गरेका छौँ ।’

माओले जीवनभर श्रमजीवीको पक्षमा र मार्क्सवादलाई रचनात्मक ढङ्गले प्रयोग गर्ने पक्षमा प्रयोगका मौलिक ढङ्गले योगदान गरेको उनको भनाई छ । नेपालको जनवादी क्रान्तिलाई मौलिक ढङ्गले सफल पारेर आफूहरू पनि अहिले समाजवादको आधार तयार पार्ने प्रक्रियामा रहेको उनको जिकिर छ ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले नेपाली समाजवादको बाटोबारे विश्लेषण गरेको र केही निष्कर्षहरू निकालेको उनको भनाई छ । ‘माओको भनाई अनुसार हामी कुनै खालको यान्त्रिकतामा जानुहुँदैन । विश्वभरि आउने परिवर्तन र आफ्नो देशको परिस्थितिलाई पनि हेरेर र लेनिनले भनेजस्तो ठोस परिस्थितिको ठोस विश्लेषण गरेर मात्र क्रान्तिलाई अघि बढाउन सकिन्छ,’ उनले भने, ‘नेपाली क्रान्तिलाई अघि बढाउने क्रममा थुप्रै उतारचढाव हुँदै हामी पनि अब मौलिक ढङ्गले समाजवादको आधार तयार गर्ने स्थितिमा आएका छौँ ।’

उनले अहिले माओ बेलाको जस्तो परिस्थित नरहेको र विज्ञान र प्रविधिको क्षेत्रमा आएको ठुलो परिवर्तनले विश्वलाई नयाँ ठाउँमा खडा गरेको बताए । ‘साम्राज्यवादले आफूलाई अघि बढाउन नयाँ रणनीति र योजना अघि सारेको छ । हामीले मार्क्सवादलाई विकसित गर्नु र विश्वको आजको परिवर्तनलाई पनि आत्मसात् गरेर मार्क्सवादका तीन वटै क्षेत्रमा नयाँ विकासको चुनौती छ ।’

उनले विचारको विकास नै अहिलेको मुख्य चुनौती नै भएको जिकिर गरे । हिजोको जनवादी क्रान्तिमा विचार संश्लेषण गरेपछि क्रान्तिको रफ्तार अघि बढेको स्मरण गर्दै समाजवादी क्रान्तिमा आइपुग्दा विचार संश्लेषण गर्न नसकेको प्रचण्डले स्वीकार गरे ।

‘आज लिनुपर्ने सङ्कल्प भनेको आजको युग सापेक्ष हाम्रो मौलिक विचारको विकास गर्नु हो । म युवालाई पनि अध्ययन र चिन्तनमा र विचारको विकास गर्न ध्यान दिन अपिल गर्न चाहन्छु,’ उनले भने ।

उनले माओवादीको विशेष अभियान सफल भएको बताउँदै सो अभियान समापन गरेपछि केन्द्रीय समितिको बैठकले विधान तयार गरेर अर्को अभियानमा जाने पनि बताए । उनले विकसित विचारको आवश्यकता रहेको औँल्याउँदै अब विचार संश्लेषणको अभियानमा जनतासँग जाने खुलाए ।

प्रतिक्रिया दिनुहोस
 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति