३ बर्ष अगाडि
२०८० पौष ३ गते मंगलबार
हेरिएका: ५९०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशले पौष ९ गतेभित्र ११२१ ओटै वडामा वडा सम्मेलन सम्पन्न गर्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिको पाँचौं पूर्ण वैठक पौष ९ गतेभित्र ११२१ ओटै वडामा वडा सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको छ । बागमती प्रदेशको पार्टीलाई व्यवस्थित, स्वचालित र बैचारिक राजनीतिक एवं सामाजिक सवलताका लागि संगठनात्मक मार्गदर्शन तय गर्न आगामी १० गतेदेखी लगातार अभियानको बिस्तृत समिक्षा गर्ने भएको छ । वागमती प्रदेश समितिको छैठौं पूर्ण बैठकमा प्रदेशका १३ वटै जिल्ला संयोजकहरुले रिपोर्ट राखेका थिए । बैठकमा केन्द्रयि उपमहासचिव द्धाय क. बर्षमान पुन (अनन्त) र जनर्दन शर्मा (प्रभाकर) ले रिपोर्टको सश्लेषण तथा प्रशिक्षणात्मक मन्तब्य दिएका थिए । बैठकको क्रममा बागमती प्रदेशको आधिकारिक वेवसाइड http://www.cpnmcbagmati.org.np/ सार्वजनिक गरिएको छ /
टिप्पणीहरू