३ बर्ष अगाडि   २०८० मंसिर २१ गते बिहीबार   हेरिएका: ६४२  


गठबन्धन फुट्दैन बरु अन्य राजनीतिक शक्तिलाई समेटेर थप बलियो हुन्छ’

img

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फुट्ने हैन बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताउनुभएको छ । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भन्नुभयो, ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन ।’


उहाँले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनलाई बचाएर अघि बढ्न तयार रहेको उहाँको भनाई थियो । अध्यक्षले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताउनुभयो ।

निर्वाचन आयोग सेटिङमा नचलेको भए केपी ओली अहिले दलविहिनको अवस्थामा पुग्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ’निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए । उनी बबुरो भएर सडकमा पुग्ने थिए ।’ उहाँले ओलीलाई ठूलो सेटिङबाट जोगाइदिएको पनि बताउनुभयो।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति