७ महिना अगाडि   २०८२ मंसिर ६ गते शुक्रबार   हेरिएका: २९३  


जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव हुँदैन : प्रचण्ड

img

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले सो धारणा सार्वजनिक गरेका हुन् ।

उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गरेका छन् । शान्ति प्रक्रियामा विभिन्न रुपमा योगदान पुर्‍याउने सबैलाई सम्मान व्यक्त गर्दैै उनले बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दुछु,’ प्रचण्डले जारी गरेको सन्देश पत्रमा लेखिएको छ ।

तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भनेका छन्, ‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरु पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन ।’

नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षलाई एकताबद्ध प्रयास गर्न पनि उनले अपिल गरेका छन् ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति