७ महिना अगाडि   २०८२ मंसिर ३ गते मंगलबार   हेरिएका: २४५  


नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले दिए शुभकामना

img

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले समर्थन गर्दै शुभकामना दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी स्थापना भएपछि विभिन्न देशका कम्युनिस्ट पार्टीबाट शुभकामना आउन थालेको हो । 

पार्टी निर्माणपछि वरिष्ठ नेता झलनाथ खनालले विश्वभरिका कम्युनिस्ट पार्टीलाई जानकारी गराएका थिए । खनालका अनुसार नेपालमा भएको एकताले विश्वभरका वामपन्थी शक्तिलाई नयाँ उत्साह र प्रेरणा दिएको छ।  जानकारीपछि विश्वका २५ वटा देशका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीलाई शुभकामना सन्देश पठाई ऐतिहासिक एकतालाई उच्च मूल्याङ्कन गरेको उनको भनाइ छ ।

खनालले भने, ‘हाम्रो एकताले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय वाम आन्दोलनलाई पनि सशक्त सन्देश दिएको छ। यो सहकार्य अब विश्वव्यापी रूपमा अझ मजबुत हुँदै जानेछ।’ विश्वका विभिन्न पार्टीहरूले पठाएका सन्देशमा नेपाली कम्युनिस्ट पार्टीको पहललाई स्थिर, जनमुखी र प्रगतिशील राजनीति निर्माणतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति