१ बर्ष अगाडि   २०८२ जेठ १९ गते आइतबार   हेरिएका: ५२२  


गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड

img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रबारे भ्रम फैलाएर राजावादीहरूले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र माओवादी र प्रचण्डले मात्र ल्याएको भन्दै भ्रम फैलाउने प्रयास भइरहेको बताए ।

माओवादी जनयुद्धको मुख्य भूमिका रहे पनि सबै जनता र कांग्रेस–एमालेलगायतका दलहरूको पनि साथका कारण मुलुकमा गणतन्त्र सम्भव भएको उनको भनाइ छ ।

‘कथित राजावादीहरूले यो गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो । अझ तिखारेर भन्दा प्रचण्डले ल्याएको गणतन्त्र हो । कांग्रेस–एमाले प्रचण्डको गणतन्त्रको पछि पछि लागेका हुन् भनेर भ्रम फैलाउने गरेका छन् । झट्ट सुन्दा यसले हामीलाई आनन्द पनि लाग्न सक्छ,’ प्रचण्डले भने, ‘तर, हामीले बुझ्नु पर्छ, यो माओवादीलाई र प्रचण्डलाई एक्ल्याउनका लागि योजनाबद्ध रूपमा भनिएको हो । वास्तवमा गणतन्त्र नेपालका सबै जनताको योगदानले ल्याएको हो । गणतन्त्र आउनुमा माओवादीको मात्र होइन, कांग्रेस–एमाले लगायतका दलहरूको पनि सहयात्राबाट गणतन्त्र आएको हो । माओवादीको मात्र योगदानले गणतन्त्र आएको होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणतन्त्रलाई यथास्थितिवाद र प्रतिगमनबाट रक्षा गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्‍याउने चुनौती माओवादीसामू रहेको बताए ।

‘एकातिर यथास्थितिवादसँग लड्नुपरेको छ, अर्कोतिर प्रतिगमनकारीसँग लड्नु परेको छ,’ उनले भने, ‘सरकारको कारणले प्रगतिमनले टाउको उठाउने प्रयास भएको छ । जनताले पाएको अधिकार खोस्न प्रतिगमनकारीले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ ।’

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति