१ बर्ष अगाडि   २०८२ बैशाख २७ गते शनिबार   हेरिएका: ५०४  


यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ : प्रचण्ड

img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ । ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं । अहिले जनतासँगै छौं,’ प्रचण्डको भनाइ छ ।

अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहोर्‍याए । ‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै तागतमा फेरि ०६४ मा जस्तै चुनावमा जानेछौं,’ प्रचण्डले भने ।

उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे । ‘कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,’ प्रचण्डले कार्यकर्तालाई भनेका छन् ।

उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे । ‘दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं । राम्रो काम एउटा पनि गर्न सकेको छैन । नराम्रो काम मात्रै भइरहेको छ,’ प्रचण्डले भने ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति