१ बर्ष अगाडि   २०८२ बैशाख १४ गते आइतबार   हेरिएका: ४६१  


माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो सपना भएको बताएका छन् । तर एकथरी मानिस प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयासमा लागिरहेको उनले बताए । 

‘उपलब्धि उल्ट्याउन खोज्नेहरूले राजा चाहियो भन्न खोज्छन् । हामी यो अभियानमै भएका बेलामा काठमाडौँमा एकखालको स्याल हुइयाँ चल्यो । लौ नारायणहिटी पसाउने रे ज्ञानेन्द्रलाई भनेजस्तो’, आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै  उनले भने, ‘त्यो सम्भव त थिएन तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो ।’

त्यस्तो भ्रम फैलाएपछि आफूहरूले अभियान नै रोकेर चैत १५ गते १ लाख जनता विशाल प्रदर्शन गरेको र दुनियाँले प्रशंसा गरेको प्रचण्डले बताए । 

‘त्यही दिन राजावादीहरूले तीनकुनेमा राखेको कार्यक्रममा हत्या हिंसा र लुटपाट भयो’, प्रचण्डले भने, ‘माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो ।’ उनले त्यस्तो दुस्साहस नगर्न पनि राजावादीलाई चेतावनी दिए ।

यसैगरी प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या सम्बोधन गर्नतर्फ नलागेर अपमान गरिरहेको आरोप पनि लगाए । प्रचण्डले शिक्षकका सवालमा सरकारले जिम्मेवारीपूर्वक काम नगरेको बरु अपमान गर्नतिर लागेको बताएका हुन् । 

‘अहिले शिक्षकहरू हडताल र आन्दोलनमा हुनुहुन्छ । शिक्षा क्षेत्रमा नयाँ नीति बनाउन म प्रधानमन्त्री भएका बेलामा शिक्षा विधेयक समितिमा पुगेको थियो’, प्रचण्डले भने, ‘तर यो सरकारले जिम्मेवारीपूर्वक काम गरेको छैन, शिक्षकहरूलाई अपमानित गरेको छ ।’

उनले शिक्षकहरूका सवालमा सर्वोच्च अदालतले समेत ३ दिनभित्र माग पूरा गरेर उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन आदेश दिएको बताए । उनले आफूलेसमेत समस्या समाधानमा मन्त्री र शिक्षकहरूसँग छलफल गरिरहेको भन्दै बरु प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर नभएको बताए । 

‘प्रधानमन्त्रीको रवैया समस्या झन् बल्झाउनेतिर, झन् समस्या थुपार्नेतिर छ । जनतालाई सताउनेतिर मात्र अघि बढेको छ’, प्रचण्डको भनाइ छ । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति