१ बर्ष अगाडि   २०८२ बैशाख ९ गते मंगलबार   हेरिएका: ४३५  


हामिले विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहेका छौं : प्रचण्ड

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु भएको बताएका छन् ।

मंगलबार नेकपा को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहेको स्पष्ट पारेका हुन् ।

उनले कम्युनिस्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनले विभाजन, घात–प्रतिघात र बलिदानबिच यात्रा तय गरेको स्मरण गराए। ‘आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ। जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्याउने प्रक्रियामा छौँ,’ उनले भने ।

जनयुद्धका सहिद र बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले उहाँहरूका परिवारहरूसँग गरिएको संवादलाई पार्टीको ऐतिहासिक जिम्मेवारीको रूपमा उल्लेख गरे। “हामी एकताको झण्डा बोकेका छौँ, न छोडेका छौँ, न छोड्नेछौँ,’  प्रचण्डको भनाई थियो ।

देशको वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति गम्भीर टिप्पणी गर्दै उनले शिक्षकमाथि देखिएको उदासीनता र अपमानजनक व्यवहारको विरोध गरे। “लाखौँ शिक्षकहरू आन्दोलनमा छन्, तर सरकार गैरजिम्मेवार बनेको छ,” प्रचण्डले भने, “मैले प्रधानमन्त्री हुँदा गरिएको सहमति अनुसार विधेयक संसद्मा दर्ता भइसकेको छ, त्यसलाई अविलम्ब अघि बढाउन र शिक्षकका माग पुरा गर्न गम्भीर बनोस् सरकार जनभावनासँग खेलबाड नगरोस्।”

त्यसै गरी, लघुवित्त पीडित, सहकारी पीडित तथा चिकित्सकहरू आन्दोलनमा रहेको अवस्थालाई उल्लेख गर्दै उनले ती सबैको जायज माग छिटो सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। “सरकार पूर्ण रूपमा असफल भइसकेको छ। अब जनताको आवाजप्रति गम्भीर हुन ढिलो गर्नुहुन्न,” उनले भने।

लेनिनको जन्म जयन्तीकै दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको प्रचण्डले उल्लेख गरे । उनले भने, “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय हो।”

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति