१ बर्ष अगाडि   २०८२ बैशाख ६ गते शनिबार   हेरिएका: ४३२  


समाजवादको भ्रूण नेवार समुदायको इतिहास, भाषा, संस्कृति, उत्पादनमा छ : प्रचण्ड

img

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन् । 

उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले  नेपालको इतिहासमा आदिवासी जनजातिहरूमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको जिकिर गरे । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने प्रचण्डको भनाइ छ ।

उनले भने, ‘समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, उनीहरूका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरू जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरूलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो ।’

अध्यक्ष प्रचण्डले भने, ‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरूको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष सुरुवात, एउटा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रूपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’

उनले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःसाहस गरेको भए पनि सफल नहुने जिकिर गरे । उनले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरूको विरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौती दिनुपर्ने बताए । अध्यक्ष प्रचण्डले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गरे । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गरे ।

अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका विरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताए । त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए । —न्युज एजेन्सी नेपाल

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति