१ बर्ष अगाडि   २०८२ बैशाख ४ गते बिहीबार   हेरिएका: ४६२  


अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै

img

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।

अध्यक्ष प्रचण्ड बिहान साढे ५ देखि ८:३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् ।

यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायाण जिसी ९निर्मल०ले जानकारी दिए ।

आज दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने जिल्ला संयोजक जिसीले जानकारी दिए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति