१ बर्ष अगाडि   २०८१ चैत्र २४ गते सोमबार   हेरिएका: ४६७  


माओवादीद्वारा ८ बुँदे सर्कुलर,नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ८ बुँदे सर्कुलर गरेको छ । चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को निर्णयअनुसार मातहतका कमिटीमा आइतबार ८ बुँदे सर्कुलर पठाइएको हो । 

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरेको गरेको विषय उल्लेख छ । 

यस्तै हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने, सह–इन्चार्ज रहेकाहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने सर्कुलरमा उल्लेख छ । यस्तै सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रसाद सिंहलाई तोक्ने निर्णय भएको सर्कुलरमा उल्लेख छ । 

यसैगरी पार्टी एकता प्रक्रियासँग जोडिएका नेताहरूको जिम्मेवारी निश्चित पनि गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट जयराज संयोजक लिम्बू र प्रवीण चाम्लिङलाई वैकल्पिक केन्द्रीय सदस्य, मधेस प्रदेशबाट लक्ष्मी चौधरी (ज्योति)लाई केन्द्रीय सदस्य र प्रमोद साहलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । 

यसैगरी बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगीलाई वैकल्पिक केन्द्रीय सदस्य, कर्णाली प्रदेशबाट तर्कबहादुर शाहीलाई केन्द्रीय सदस्य तथा भिमबहादुर मल्ल (सुवास) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय माओवादीले गरेको छ । 

यस्तै ‘विशिष्ट अवस्था’ भन्दै पूर्णसिँ राजवंशी केन्द्रीय सदस्य तथा पि.यल. श्रेष्ठ र हरिस ठकुल्ला वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यस्तै नन्दबहादुर पुन (पासाङ) लाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निश्चित गरिएको सर्कुलरमा उल्लेख छ । 

यसैगरी विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा उनीहरूको एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको सर्कुलरमा उल्लेख छ । 

‘उहाँँहरु विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ’, सर्कुलरमा भनिएको छ । यसैगरी केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको उल्लेख छ । जसअनुसार विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ । 

यस्तै विभागहरूको बैठक बसी सबै विभागहरूलाई क्रियाशील गराउने, विभागहरूको सदस्यहरूमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने पनि सर्कुलरमा उल्लेख छ । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति