१ बर्ष अगाडि   २०८१ चैत्र २३ गते आइतबार   हेरिएका: ६१३  


प्रतिगामीले टाउको उठाउनुको मुख्य जड ओली सरकार होः प्रचण्ड

img

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका हुन् । 

‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भएपनि जोगाउने, अन्यका जतिसुकै राम्रो भएपनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ । हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरुले षड्यन्त्रपूर्वक हटाए । असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी काम गरे त्यसले जनतामा निकै आक्रोस छ’, उनले भने ।  

प्रचण्डले माओवादी पनि बेलाबेला प्रतिक्रियावादीको ट्रयापमा परेपनि मुद्दा नछोडेको जिकिर गरे । साथै उनले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै उनले प्रतिक्रियावादीलाई ठुलो धक्का दिनेगरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति