१ बर्ष अगाडि   २०८१ चैत्र १७ गते सोमबार   हेरिएका: ५२२  


गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

img

काठमाडौं । समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् ।

बैठकमा १५ चैतको घटनाको समीक्षा गरेको विश्वकर्माले जानकारी दिए । ‘१५ चैतको घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै ठूलो घटनाको रूपमा आइरहेको छ । दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा असाध्यै गैरजिम्मेवार, हिंसक, देशमा अशान्ति र आतंक मच्चाउने गतिविधि गरे भनेर समीक्षा गरियो,’ उनले भने ।

गणतन्त्रवादीहरूको सभामा रहेको जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको र यसले गणतन्त्रवादीहरूलाई उत्साह र प्रेरणा भरेको निष्कर्ष बैठकले निकालेको नेता विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चाको प्रदर्शनले गणतन्त्रको रक्षाको निम्ति सशक्त भूमिका निर्वाह गरेको उनले बताए । ‘प्रतिगामी र दरबारिया तत्वहरुको कोटेश्वरमा देखिएको गतिविधि असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति र आतंक मच्चाउने छ । हिंस्रक छ । आततायी र जंगली चरित्रको छ’ उनले भने, ‘त्यसलाई रक्षात्मक बनाउन कमजोर निष्प्रभावी बनाउन गणतन्त्रवादीको विरोधसभाले ठूलो भूमिका खेल्यो ।’

मोर्चाले राजावादीको हिंसात्मक गतिविधिलाई योजनाबद्ध र विदेशीहरूको सहयोगमा घटाइएको निष्कर्ष निकालेको नेता विश्वकर्माले जानकारी दिए । ‘नेपालमा सामन्तवाद अन्त्य भएर गणतन्त्र आएको विदेशी प्रतिक्रियावादी र नेपालका सामन्ती तत्वहरूलाई मन परेको थिएन, त्यसलाई उल्टाएर सत्तासीन हुने प्रयत्न गर्दै आइरहेका थिए,’ उनले भने, ‘अहिले विदेशीहरुले पनि ब्याकिङ गरिरहेको हो कि भन्ने देखिन्छ ।’

मोर्चाले सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको निष्कर्ष निकालेको छ ।

समाजवादी मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए ।

‘कार्यक्रम डिजाइनमा छ योजनाबद्ध छ । आगामी दिनमा पनि घटना घट्न सक्छन् । यो घटनामा डिजाइनकर्तालाई सशक्त कार्बाहीका लागि डेलिगेसन नै गएर सरकारसँग दोषीमाथि कारबाही र क्षतिपूर्ति भराउन माग गर्छौं,’ उनले भने, ‘त्यस्तै, गणतन्त्रको रक्षा र सामन्तवादीहरूको हर्कत रोक्न गणतन्त्रवादीहरूसँग अन्तरक्रिया गर्ने र यसको मिति मोर्चाको सचिवालयले तोक्ने निर्णय गरेका छौं ।’

नेता विश्वकर्माले मोर्चाको बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी थिए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति