१ बर्ष अगाडि   २०८१ चैत्र १३ गते बिहीबार   हेरिएका: ४८३  


संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा हो, यसमा राजनीति नगरौं : प्रचण्ड

img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखे ।

द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताए । ‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन् । प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ,’ प्रचण्डले भने, ‘तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं ।’

संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएको भन्दै उनले यसमा राजनीति गर्नु नहुनेमा जोड दिए ।

कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्नेमा आफूहरु केन्द्रित भएको बताउँदै प्रचण्डले भने, ‘फौजदारी कानुन जस्तो यो होइन । संक्रमणकालीन न्यायका आफ्नै केही फन्डामेन्टल मान्यताहरु छन् । यो एस र नो जस्तो नभएर केही नर्मस् एण्ड भ्यालु र सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने पनि हुन्छ ।’

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति