१ बर्ष अगाडि   २०८१ चैत्र १३ गते बिहीबार   हेरिएका: ४७०  


समाजवादी मोर्चाद्वारा बृहत् जनप्रदर्शनको तयारी, के-के छन् नारा ?

img

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ । 

प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद !’, ‘भ्रष्टाचारलाई कारबाही गर !’, ‘शिक्षकहरूको समस्या समाधान गर !’ जस्ता नारा प्रमुख रूपमा उठाइनेछन्। साथै, ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद !’, ‘महँगी र कालोबजारी नियन्त्रण गर !’ जस्ता नाराहरूसमेत प्रदर्शनमा गुन्जाइने मोर्चाले जनाएको छ । 

मोर्चाले सुशासन कायम गर्न, बेरोजगारी समस्या समाधान गर्न, महिलामाथिको हिंसा अन्त्य गर्न र सहकारी तथा वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने बताएको छ। प्रदर्शनमा सहभागीहरू गणतन्त्रको रक्षा, भ्रष्टाचारविरुद्धको कारबाही, चर्को व्याजदर नियन्त्रण र श्रमिक वर्गका मुद्दाहरू उठान गर्नेछन्। प्रदर्शनका नाराहरु बुधबारको मोर्चाको बैठकले तय गरेको हो ।

बृहत् प्रदर्शनमा १ लाख जना समर्थकको सहभागिता रहने बताइएको छ ।

​​​​​​​

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति