१ बर्ष अगाडि   २०८१ फाल्गुण १० गते शनिबार   हेरिएका: ५५३  


माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

img

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्ग  केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए । उनले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने बताए । उनकाअनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।
 
उनले भने, ‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट सुरु हुँदैछ । र त्यो अभियान आउँदो चैत ८ आठ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरी तराई–मधेस जागरण अभियान हुनेछ । र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ ।’

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । 

फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति