१ बर्ष अगाडि   २०८१ फाल्गुण १ गते बिहीबार   हेरिएका: ५३४  


३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै माओवादी

img

काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।

जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् ।

दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएकोसमेत प्रचण्डले दाबी गरेका छन् । उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् ।

०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्‍को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो ।

०८० पुल १३ गते जारी भएको आदेशले ‘जनयुद्ध दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति