१ बर्ष अगाडि   २०८१ माघ ३० गते बुधबार   हेरिएका: ५२७  


‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन माओवादीको सर्कुलर

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् । 

सम्पूर्ण समितिहरूले आ–आफ्नो ठाउँको सापेक्षतामा जनयुद्धको गौरवलाई अझ उच्चो पार्दै मनाउन सर्कुलरमा भनिएको छ । यस्तै जनयुद्धले उठाएका मुद्दाहरूलाई वास्तविक जनताका मुद्दाहरूसँग जोडेर मनाउन समेत सर्कुलर गरिएको पुनले बताए । 

माओवादीले जनयुद्धको ३०औँ वार्षिकोत्सव फागुन १ अर्थात बिहीबार मनाउँदैछ । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु गरेको थियो । जुन २०६३ सम्म चलेको थियो । माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो । 

२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो ।

पछिल्लो समय सर्वोच्च अदालतले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नु भनेर आदेशसमेत दिएको थियो । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेकोमा माओवादीका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । यसो त केही स्थानीय तहहरूले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति