१ बर्ष अगाडि   २०८१ माघ २८ गते सोमबार   हेरिएका: ६०४  


माओवादीले गर्‍यो नेताहरूको कार्य विभाजन

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १३ वटा मापदण्डलाई आधार मानेर नेताहरूको कार्य विभाजन गरेको छ । जसअनुसार पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ । सो आधारअनुसार पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवसम्मका पदाधिकारीहरूलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी  विभाग र मोर्चाहरूका जिम्मेवारीमा केन्द्रित गरिएको आइतबार मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उल्लेख गरिएको छ । 

यस्तै जनप्रतिनिधि रहेका केही पदाधिकारीहरूलाई नीति निर्माण सम्बन्धी विभागहरूमा केन्द्रित गरिएको माओवादीको भनाइ छ । यस्तै उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरू र केन्द्रीय सदस्यहरूलाई प्रदेशहरूको जिम्मेवारीमा केन्द्रित गरिएको छ भने प्रदेश इन्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरू रहेको समन्वय कार्यालय गठन गरिएको छ । जसमा सदस्यहरू थप गर्नुपर्ने भएमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने सर्कुलरमा उल्लेख छ 

यस्तै प्रदेश इन्चार्जको परामर्शमा जिल्ला इन्चार्जहरू तोकिएको छ भने महानगरपालिका इन्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका नेताहरूको जिम्मेवारी यथावत राखिएको छ । यसमा आवश्यक परिमार्जन र सहइञ्चार्जहरु थप गर्नु परेमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले  निर्णय गर्ने माओवादीको भनाइ छ । 

यस्तै संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित  समन्वय कार्यालयले गर्ने तय भएको एक नेताले बताए । ती नेताका अनुसार स्थानीय पालिकाहरूका इञ्चार्जहरुको कार्य विभाजन समन्वय कार्यालयले गर्ने र जबस, मोर्चा, विभाग लगायतका क्षेत्रमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन पनि सोही समन्वय कार्यालयले गर्नेछ ।

यस्तै हालै विद्यार्थी संगठनको नेतृत्वमा उपाध्यक्ष तथा महासचिवसम्म रही बिदा भएकाहरूलाई पार्टीको केन्द्रीय प्रतिनिधि मनोनयन गरी सम्बन्धित प्रदेश र विभागहरूमा खटाइएको माओवादीले जनाएको छ ।  विद्यार्थी सङ्गठनबाट बिदाइ भएका अन्य पदाधिकारीहरूलाई सम्बन्धित प्रदेश समिति वा प्रदेशका  विभिन्न तहहरूमा समावेशी गरी समन्वय कार्यालयले कार्य विभाजन गर्ने बताइएको छ । 

यस्तै पार्टी एकता प्रक्रियामार्फत केन्द्रीय समितिमा समायोजन भएका नेताहरू, पार्टी केन्द्रीय  प्रतिनिधिको रूपमा खटाइएकाहरू, संगठनात्मक जिम्मेवारी लिनसक्ने केन्द्रीय ज्येष्ठ कम्युनिस्ट  मञ्च र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा केन्द्रीय विभागका सदस्यहरूको कार्य विभाजन सम्बन्धित प्रदेशमा रहेको समन्वय कार्यालयले गर्ने बताइएको छ  ।

यस्तै जनप्रतिनिधिहरूलाई राज्यको व्यवस्थापिका, त्यससम्बन्धी कार्यहरू र पार्टीको नीति निर्माणसम्बन्धी विभागहरूमा केन्द्रित गरिएको छ भने जनप्रतिनिधिहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र रहेको भूगोलको पार्टी समितिका बैठकहरूमा नियमितरुपमा आमन्त्रण गरिने सर्कुलरमा भनिएको छ । 

यसैगरी भूगोल र जनप्रतिनिधिको जिम्मेवारीमा नरहेकाहरूलाई जबसरमोर्चाहरु हेर्ने जिम्मेवारीमा केन्द्रित गरिएको छ भने केन्द्रीय आयोगमा रहेकाहरुको जिम्मेवारी आयोग र आयोगका कामहरूमा मात्र केन्द्रित गरिएको छ । 

माओवादीका अनुसार केन्द्रीय विभागहरूको गठन तथा सदस्यहरू थपघट विभागीय इन्चार्जको सिफारिसमा केन्द्रीय कार्यालयले गर्ने छ भने आर्थिक उत्पादन संयन्त्र गठन गरी आर्थिक उत्पादनलाई अभियानको रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । यसको गठन र सञ्चालन सम्बन्धी नियमावली तयार गरी केन्द्रीय कार्यालयबाट जारी गरिने बताइएको छ । सो विभागमा विशेष जिम्मेवारीको रूपमा पूर्वउपराष्ट्रपति पासाङलाई दिइएको छ । 

यसैगरी काठमाडौँ उपत्यकाबाहिरका विभिन्न जिल्लाहरूबाट काठमाडौँ आएर अस्थायी रूपमा बसोबास गरिरहेका पार्टी समर्थक र शुभचिन्तकलाई संगठित गर्नका लागि सम्पर्क समन्वय प्रदेशअन्तर्गत विगतमा सञ्चालित विभिन्न स्तरका सम्पर्क मञ्चहरूलाई सोहीअनुसार पुनः क्रियाशील गराउने निर्णय समेत माओवादीले गरेको छ । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति