२ बर्ष अगाडि   २०८१ श्रावण २९ गते मंगलबार   हेरिएका: ६४०  


माओवादी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए । बुधबार संसद्मा टीआरसीसम्बन्धी छलफलमा नेताहरू व्यस्त रहने भएकाले बैठक बिहीबार ११ बजे बोलाइएको साहले बताए ।

‘नेताहरूले बोल्ने क्रम सकिएको छ । उठेका प्रश्नको जवाफ दिएपछि बैठक बिहीबार सकिनेछ । बुधबार संसद्मा टीआरसी विधेयक सम्बन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक बिहीबार राखिएको हो’, साहले भने ।

यद्यपि स्थायी समिति बैठकबाट नेताहरूको कार्यविभाजन हुने सम्भावना नरहेको उनको भनाइ छ । तथापि विचारको संश्लेषणसहित पार्टी निर्माणका कार्यक्रमको खाका तयार पार्ने, केन्द्रीय समिति बैठकको मिति तय हुन सक्ने साहले बताए । आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलसहित १४ जना नेताहरूले आ–आफ्ना विचार राखेका थिए । तर यसपटक पार्टीको नीति र नेतृत्वसम्बन्धमा नेताहरूले चर्को बहस गरेका छन् ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति