२ बर्ष अगाडि   २०८० माघ ११ गते बिहीबार   हेरिएका: ६९०  


बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

img

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।

अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गतारअल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाएर निर्वाचित भएका निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका-४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २३७ जना मतदातामध्ये २३४ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना मतदाता अनुपस्थित थिए ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए । नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङ्का ध्रुव विश्वकर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए ।

राप्रपाबाट अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार थिए ।

नेपाल मजुदर किसान पार्टीबाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार थिए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति