७ महिना अगाडि   २०८२ कार्तिक २९ गते शुक्रबार   हेरिएका: ४९७  


नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति : एक नम्बरमा प्रचण्ड (सूचीसहित)

img

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली प्राप्त भएको छ ।  

गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलबिच एकता घोषणा भएको थियो । त्यसअघि एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो । जुन दलको संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

अयोगमा बुझाएको सुचीमा तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।

आयोगमा बुझाइएको नामावलीमा अन्तिममा अर्थात १३८ नम्बरमा प्रचण्डकी बुहारी समेत रहेकी माओवादी केन्द्रकी नेतृ विना मगर रहेकी छन् ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिलालाई समेटिएको छ ।

नेताहरूका अनुसार आयोगमा बुझाइएको १३८ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन एकीकृत समाजवादीका नेता नेपालसहित ५९, माओवादी केन्द्रका प्रचण्डसहित ५६ रहेका छन् भने बाँकी अन्य दल नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाका नेता रहेका छन् । एकता घोषणपछि डा. भीम रावल नेतृत्वको मातृ भूमि अभियानसमेत सोही पार्टीमा समाहित भएको छ ।

 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति