१ बर्ष अगाडि   २०८२ बैशाख ३ गते बुधबार   हेरिएका: ४१९  


७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति : प्रचण्ड

img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।

पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् ।

‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् ।

साथै, उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको बताए ।

‘हजारौं र लाखौं जनसमुदाय जोडिनुभएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईंहरू पनि दौडिनुहोला ।’

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति