१ महिना अगाडि   २०८२ मंसिर २५ गते बुधबार   हेरिएका: १०३  


देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे, अझै संकट टरेको छैन : प्रचण्ड

img

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् ।

काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् ।

उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्‍यो । राष्ट्र निकै ठूलो संकटमा पर्‍यो । अझै पनि संकट पूरै टरेको छैन । ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’

उनले अगाडि भने, ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौं । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन । तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन । हाम्रो राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्दछ ।’

नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको रहेको उनको भनाइ ५ ।

राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्ने बताए ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति