१० महिना अगाडि   २०८२ जेठ २८ गते मंगलबार   हेरिएका: ४५५  


पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध पार्टीसँग एकताबारे छलफल भइरहेको दाबी गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मंगलबार खुमलटारमा स्वागत गर्ने क्रममा उनले एकताबारे छलफल भइरहेको दाबी गरेका हुन् । 

‘विप्लवले नेतृत्व गरेको नेकपा , माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि एकता चलिराखेको छ । महिन्द्र राय नेतृत्वको नेसपा छिट्टै एकतामा आउँदै छ । छिट्टै केन्द्रीय समिति बैठक बस्दै छ । नयाँ योजनाका साथ एकतामा आएका नेताहरूलाई पार्टीभित्र विभिन्न ठाउँको जिम्मेवारी दिइने छ’, प्रचण्डले भने । 

उनले माओवादीप्रति २०६४ को जस्तै फेरि जन आकर्षण बढेकाले २०८४ मा एक नम्बरको पार्टी बन्ने जिकिर गरे ।  अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति