हाम्रो बारे

प्रदेशको संक्षिप्त भौगोलिक अवस्था :
देशको राजधानी र केन्द्र भागमा रहेको बागमती प्रदेशमा हिमाल, उच्च पहाड, उपत्यका, महाभारत पर्वत शृङ्खला, भित्री मधेस र शिवालिक जस्ता भौगोलिक विशेषता बोकेको, १३ जिल्ला, ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ६६ प्रदेश सभा निर्वाचन क्षेत्र, ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तह र १,१२१ वटा वडा रहेको छ । २०,३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको भौगोलिक हिसाबले देशको पाँचौँ ठुलो र २०६८ को जनगणनाअनुसार देशको सबैभन्दा बढी ५५,२९,४५२ जनसङ्ख्या रहेको प्रदेश हो । यस प्रदेशको पूर्वमा १ नं. प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा छिमेकी देश चिन र दक्षिणमा २ नं. प्रदेश तथा छिमेकी देश भारत पर्दछ । यस प्रदेशको राजधानी हेटौँडामा रहेको छ । यस प्रदेशको सबैभन्दा होचो भूभाग चितवनको गोलाघाट १४१ मिटर र सबैभन्दा अग्लो भूभाग धादिङको गणेश हिमाल ७,४२२ मिटरमा रहेको छ । सबैभन्दा लामो नदी सुनकोसी १६० कि.मी. यस प्रदेशमा बग्दछ । कानुनतः बागमती प्रदेशको नामले चिनिने यो प्रदेश लामो समयसम्म ताम्सालिङ र नेवाः प्रदेश भनेर आम जनमानसमा परिचित थियो । सबैभन्दा बढी अर्थात् २७० प्रति वर्ग कि.मी. जनघनत्व रहेको यस प्रदेशमा तामाङ, नेवार, क्षेत्री¬, ब्राह्मण, दलित, मुस्लिम, मगर, मधेसी, शेर्पा, गुरुङ, थारुदेखि अल्पसङ्ख्यक जाति, थामी, जिरेल, सुरेल, पहरी, चेपाङ, धिमाल, माझी, दनुवार, ह्योल्मो, लामा, मुसहर, भुजेल, घले, अति सीमान्तकृत एवं लोपोन्मुख जाति बनकडरियालगायत देशका प्रायः सबै जाति एवं भाषिक समुदायको बसोबास रहेको छ । हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन आदि धर्मावलम्बी रहेको यो प्रदेश विविध कला, संस्कृति, भेषभूषा एवं भाषाले धनी छ । यो प्रदेशमा धेरै जनसङ्ख्या रहेका जातिहरूमा तामाङ २०.४५ प्रतिशत, ब्राह्मण १८.३२ प्रतिशत, क्षेत्री १७.१३ प्रतिशत र नेवार १७.०७ प्रतिशत रहेका छन् ।
पर्यटनको अपार सम्भावना बोकेको यो प्रदेशमा विश्वमा मन्दिरैमन्दिरको सहर भनेर चिनिने पुराताŒिवक कला, संस्कृतिले भरिपूर्ण देशकै सबैभन्दा धेरै पर्यटक आउने काठमाडौँ उपत्यका तेस्रो पर्यटन गन्तव्य चितवन यसै प्रदेशमा पर्दछन् । चितवन, लाङटाङ र शिवपुरी गरी तीनवटा राष्ट्रिय निकुञ्ज तथा गौरीशङ्कर संरक्षण क्षेत्र यस प्रदेशमा पर्दछन् । गौरीशङ्कर, जुगल, लाङटाङ र गणेश हिमाल शृङ्खला तथा भोटेकोसी र सुनकोसी जस्ता प्रसिद्ध राफ्टिङ यसै प्रदेशमा पर्दछन् ।
ने.क.पा.(माओवादी केन्द्र) को संक्षिप्त सङ्गठनात्मक विवरण :
(क) बागमती प्रदेश समिति ३०३ सदस्य (ख) सल्लहाकार समिति ११२ सदस्य (ग) प्रदेश परिषद ११५ सदस्य (घ) प्रदेश जेष्ठ कम्युनिस्ट मञ्च ८७ सदस्य (ङ) बिभागिय समितिहरू ३१ वटा च) जिल्ला पार्टी समन्वय समिति १३ वटा रहेका छन् ।
जिल्लागत पार्टी सदस्यताको सबालमा ललितपुर ५९७९, काठमाडौँँ १०४०६, चितवन २३८७५, काभ्रे १४५१७, धादिङ १४१३६, दोलखा १००८४, नुवाकोट १०२६६, रसुवा १५१९, भक्तपुर ३१६८, मकवानपुर ११३४९, सिन्धुली १४५७५, रामेछाप ९४२४, सिन्धुपाल्चोक १७८९१ गरी बागमती प्रदेशको जम्मा पार्टी सदस्य सङ्ख्या १, ४७, १८९ जना रहेको छ ।
जनवर्गिय संगठनहरुमा १, अखिल (क्रान्तिकारी) २, अखिल नेपाल टे«ड युनियन म.सं. ३, अखिल नेपाल महिला सङ्घ (क्रा.) ४, अखिल नेपाल शिक्षक सङ्गठन ५, अखिल नेपाल किसान महासङ्घ ६, अखिल नेपाल सुकुम्बासी सङ्घ ७, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ ८, नेपाल राष्ट्रिय स्वास्थ्य कर्मी सङ्घ ९, प्रेस सेन्टर नेपाल १०, योङ कम्युनिस्ट लिग नेपाल ११, राष्ट्रिय उधोग व्यापार महासङ्घ १२, वुद्धिजिवी सङ्गठन नेपाल १५, जनसाँस्कृतिक महाँसङ्घ १६, खेलकुद महासङ्घ गरी जम्मा १६ वटा संगठन सक्रिय रहेका छन् ।
मोर्चा संगठनहरुमा १, दलित मुक्ति मोर्चा २, नेवा राष्ट्रिय मुक्ति मोर्चा ३, तामाङ राष्ट्रिय मुक्ति मोर्चा ४, जिरेल राष्ट्रिय मुक्ति मोर्चा ५, माझि राष्ट्रिय मुक्ति मोर्चा ६, थामी राष्ट्रिय मुक्ति मोर्चा ७, दराई राष्ट्रिय मुक्ति मोर्चा ८, चेपाङ राष्ट्रिय मुक्ति मोर्चा ९, मगर राष्ट्रिय मुक्ति मोर्चा १०, तमु राष्ट्रिय मुिक्त मोर्चा ११, किराँत राष्ट्रिय मुक्ति मोर्चा १२, आदिवासी जनजाति महासङ्घ नेपाल गरी १२ वटा मोर्चा संगठनहरु क्रियाशिल छन् । साथै सहिद स्मृति प्रतिष्ठनहरू, बेपत्ता परिवार समाज, जनक्रान्तिका घाइते तथा अपाङ सङ्गठन, पूर्व जनमुक्ति सेना नेपाल लगायतका संघ संस्थाहरु क्रियाशिल छन् ।
.(माओवादी केन्द्र) को तर्फबाट विजय भएका पालिका प्रमुख ÷अध्यक्ष जम्मा २७ उपप्रमुख ÷उपाध्यक्ष जम्मा ३० र वडामा विजयी अध्यक्षहरूको जम्मा सङ्ख्या २०४ जना रहेका छन्









टिप्पणीहरू